काठमाडौं । इष्टर्न हाइड्रो पावर कम्पनीले १२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भोजपुरमा सञ्चालित ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित १२ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीका अध्यक्ष सुशन कर्माचार्यले बताइन् । उनका अनुसार सेयर निष्कासन अनुमतिका लागि गत शुक्रबार (२४ गते) नेपाल धितोपत्र बोर्डमा
आवेदन दिइएको छ । बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।
निष्कासन हुने सेयरमध्ये ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका छुट्याइएको छ । बाँकी, ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । भोजपुरमा सम्पन्न आयोजनाले २०७६ जेठ २७ गतेदेखि नियमीत विद्युत गरिरहेको छ ।
Read full at original publisher: